‘लकडाउन’ उल्लंघन गर्ने ७४० जनालाई उभ्याइयो

काठमाडौंः कोरोना रोकथामका लागि सरकारले ‘लकडाउन’ लगाएको छ । ‘लकडाउन’ उल्लंघन गर्नेविरुद्व प्रहरी आक्रामक बनेको छ ।

सोमबार बिहानै प्रहरीको कारवाहीमा ७ सय ४० परेका छन् । उनीहरूलाई प्रहरीले दुई घण्टा उभ्याएको थियो ।

थ्यसपछि उनीहरूलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइएको थियो ।

याे पनि पढ्नुस  यी हुन् आजदेखि खोल्न मिल्ने र नमिल्ने क्षेत्र (सूचीसहित)

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार सोमबार काठमाडौंमा ६ सय ५४ जना, ललितपुरमा ६८ जना र भक्तपुरबाट १८ जनालाई उभ्याइएको हो ।

त्यस्तै, उपत्यकाका ७९ वटा दुई पांग्रे सवारी र ५ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ ।

कमेन्ट गर्नुहोस्