डलरकाे भाउ बढ्याे

काठमाडौंः गएको हप्ता केही ओरालो लागेको डलरको भाउ साेमबार फेरि थोरै बढेको छ ।

साेमबार ८ पैसा बढेर अमेरिकी डलर १ को बिक्रीदर एक सय २० रुपैयाँ १६ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आइतबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २० रुपैयाँ ८ पैसा थियो । यस्तै १ डलरको खरिददर एक सय १९ रुपैयाँ ४८ पैसा थियो ।

याे पनि पढ्नुस  आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)

गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्