सीमा बन्द हुँदा महाकाली नदी पौडेर भारतबाट दार्चुला पुगेपछि…(भिडियोसहित)

दार्चुलाः कोरोनालाई मध्यजनर गर्दै सीमा नाका बन्द गरिएपछि एक युवक भारतसँग सीमा जोडिएको महाकाली नदी पौडले दार्चुला आएका छन् ।

कोरोनाका कारण सरकारले ‘लकडाउन’सँगै सीमा नाका बन्द गरेपछि उनीलगायत पाँच सय नेपाली भारतको धार्चुलामा अलपत्र थिए । उनी बैतडीको डिलासैनी गाउँपालिकाका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । सीमा बन्दका कारण दार्चुलाका सीमा नाकामा करिब पाँच सय नेपाली नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नारगरिरहेका छन् ।

फोटो र भिडियोः नरेन्द्र कार्की फेसबुकबाट

यसरी अाउदैछन नेपाली महकाली नदी तरेर । याे भिडियाे प्रयाेग गर्नु अघि सम्पर्क गर्नुहाेला ।

Posted by Narendra Karki on Monday, March 30, 2020

 

कमेन्ट गर्नुहोस्