‘राम नाम सत्य’ भन्दै मुस्लिमले उठाए हिन्दु छिमेकीको शव

गएको शनिबार भारतको उत्तर प्रदेशको बुलन्दशहर जिल्लास्थित आनन्द विहारमा एक जनाको निधन भयो ।

रविशंकर नामका ती व्यक्तिको निधनपछि उनका छोराले आफन्त, साथीभाइ तथा छिमेकीहरूलाई मलामीका लागि गुहारे । हिन्दु परम्पराअनुसार शवलाई नजिकैको नदी किनार–घाटमा लिएर जलाउनु पर्छ। त्यसका लागि कम्तीमा पनि ४–५ जना मान्छे चाहिन्छन् ।

याे पनि पढ्नुस  भारतमा पूर्वसांसद बलात्कारी ठहर !

ती व्यक्तिको के कारणले मृत्यु भएको बताइएको छैन। तर कोरोना त्रास चलिरहेकाले उनको शव उठाउन कोही पनि आएनन्।

उनका छोराले एक्लै बुवाको शव बोकेर लिन सकेनन्। छिमेकमा मुस्लिम बस्ती थियो। तर उनीहरूको मृत्यु संस्कार अर्कै हुने भएकाले छोराले आउलान् भन्ने ठानेका थिएनन्।

याे पनि पढ्नुस  योगी सरकारको ठूलो घोषणाः यौन दुव्र्यवहारका मुद्दा हेर्न २१८ नयाँ फाष्ट ट्र्याक अदालत स्थापना गरिने

तर केहीबेरपछि मुस्लिम समुदायका मान्छे रविशंकरको घरमा आइपुगे। उनीहरूले रविशंकरका छोराको आँशु पुछे र अन्तिम संस्कारमा आफूहरूले सहयोग गर्ने बताए।

शव बाँसमा राखेर बाँधे। शव उठाएपछि उनीहरूले भने– राम नाम सत्य । हिन्दुहरूले शव उठाएर घाटसम्म पुर्‍याउँदा राम नाम जप्ने गर्छन्।

याे पनि पढ्नुस  उत्तर प्रदेशका मुख्यमन्त्रीले भने, ‘घर फर्किन चाहने नेपाली जान सक्नुहुन्छ’

रविशंकरको मलामी गएका मुस्लिम छिमेकीहरू दाह संस्कार गरेर साँझमात्र छोरासँग घर फर्किए।

मुस्लिम छिमेकीले रविशंकरको शव उठाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

कमेन्ट गर्नुहोस्