जिल्लाका अस्पतालले उपचार गर्न नमानेपछि काठमाडौं लैजाँदै गर्दा युवकको ज्यान गयो

पर्सााः वीरगञ्जका अस्पतालले उपचार गर्न नमानेपछि एक युवकको ज्यान गएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण अशंकामा वीरगञ्जका निजी तथा सरकारी

अस्पतालले उपचार नगर्दा बाराको कलैया नगरपालिका–२२ धोधा टोलका २५ वर्षीय विजय कुशवाहाको ज्यान गएको हो ।

घरमा काम गरिरहेका बेला मेसिनले खुट्टा काटेपछि विजय वीरगञ्जको नेसनल मेडिकल कलेजमा शनिबार भर्ना भएका थिए । उपचारका क्रममा उनलाई ज्वरो र सुख्खा खोकी लागेको थियो।

याे पनि पढ्नुस  नक्कली स्टिकर प्रकरणका चारजनालाई कैद सजाय

भर्ना गरेको भोलिपल्ट खोक्दा मुखबाट रगत आएपछि डाक्टरले एक्सरे गरेका थिए। एक्सरेपछि कोरोनाको आशंका भएको भन्दै विजयलाई अस्पतालबाट डाक्टरले जबरजस्ती बाहिर निकालेको मृतकका बुवा मनोज कुशवाहाले गुनासो गरे ।

वीरगञ्जका अस्पतालहरूले विजयलाई उपचार गर्न नमानेपछि आफन्तहरूले एम्बुलेन्समार्फत् काठमाडौं लैजाने क्रममा आज बिहान करिब ३ बजे उनको बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् ।

याे पनि पढ्नुस  घना बस्तीको पाईप गोदाममा आगलागी

यता शिक्षण अस्पताल स्रोतका अनुसार ती व्यक्तिको हात खुट्टा मेसिनले काटेको थियो । त्यसले गर्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्