प्रमुख सेनानी विष्टको सुडान शान्ति मिसनमा निधन

काठमाडौंः नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको हृदयघातका कारण निधन भएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमै रहेका बेला उनको निधन भएको हो ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा कार्यरत प्रमुख सेनानी विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको नेपाली सेनाले पुष्टि गरेको छ ।

याे पनि पढ्नुस  नेपाली सेनाः भारत र चीनसँग जोडिएको सीमाको सर्भे र अनुगमन गर्ने

हृदयघातबाट निधन भएका विष्टको शव अल्फासेरस्थित राष्ट्रसंघीय अस्पालमा राखिएको छ। उनको शवलाई सुडानको राजधानी खार्तुमस्थित अस्पतालमा पोष्टमार्टम गरेपछि नेपाल ल्याइनेछ । विष्टको निधन अप्रेशन रुपमा व्रिफिङकै क्रममा ढलेपछि भएको खुलेको छ ।

बिष्टको घर ललितपुरको सानेपा हो । उनका एक छोरा र एक छोरी छन्। विष्टको शव खार्तुममा पोष्टमार्टमपछि संयुक्त राष्ट्रसंघले एयर एम्बुलेन्सबाट नेपाल पठाउने भएको छ । विश्‍वमा अहिले कोरोनाको महामारी चलिरहेकाले तत्कालै उनको शव नेपाल आइपुग्‍न कठिनाई हुने भएको छ ।

याे पनि पढ्नुस  नेपाली सेनाका २२ जर्नेल र २ कर्णेलको काज सरुवा (सूचीसहित)

४० बेसिकका सैनिक अधिकृत विष्ट २०७३ फागुनमा स्टाफ कलेज पास गरेका थिए। मेजर रहेका बेला उनी मुगुको रारामा श्रीदल गुल्मका गुल्मपति पनि भएका थिए ।

कमेन्ट गर्नुहोस्