कोरोना आशंका गरिएकी काठमाडौंकी युवतीको वीर अस्पतालमा मृत्यु

काठमाडौंः वीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।

उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने, ‘उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । यहाँ ल्याउँदा ज्वरो पनि थियो, सास फेर्न पनि गाह्रो भइरहेको थियो । हामीले कोरोनाको शंका गरेर उनको नमूना टेकु ल्याबमा पठाएका छौ‌ं । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’

याे पनि पढ्नुस  खाद्य सामग्रीको मूल्य बढ्यो

ती युवती चन्द्रागिरि नगरपालिका–१५ की हुन् ।

कमेन्ट गर्नुहोस्