सात युवकको ५ दिनेदेखि रुखमै ‘क्वारेन्टाइन’

कोरोना संक्रमणको रोकथामका लागि ७ जना युवकलाई विगत पाँच दिनदेखि रुखमा ‘क्वारेन्टाइन’ मा राखिएको छ ।

भारतकाे पश्चिम बंगालको पुरुलिया जिल्लामा उनीहरुलाई रुखमा ‘क्वारेन्टाइन’ राखिएको हो ।

उनीहरुलाई रुखमा नै बास बस्ने व्यवस्था गरिएको छ ।

साथै प्लाष्टिकले माथिबाट ढाकिएको र लामखुट्टेबाट जोगिन झूलको समेत व्यवस्था गरिएको इण्डियन एक्सप्रेसले जनाएको छ ।

गाउँलेहरुले उनीहरुलाई मास्क समेत दिएका छन् । उनीहरुलाई केही समयका लागि मात्रै कपडा फेर्न र दिनमा तीन पटक खाना खान मात्रै तल ओर्लिन दिइएको छ ।

याे पनि पढ्नुस  मृतक संख्यामा न्युयोर्कमा नयाँ रेकर्ड

यी सात जना युवक भारतमा कोरोनाको संक्रमणले तीब्ररुप लिएको बेला चेन्नईबाट फर्केका हुन् । घर फर्केपछि चिकित्सकले उनीहरुलाई ‘क्वारेन्टाइन’ मा बस्न भनेपछि गाउँलेहरुले रुखमा नै बासको व्यवस्था गरेका हुन् ।

‘हाम्रो अधिकांश समय रुखमा नै बित्छ, हामी दिशा गर्न, कपडा धुन र खाना खान मात्रै तल ओर्लिन्छौं ।’ उनीमध्येका एक विजयले भने, ‘हामी पूर्णरुपमा एक्लो बसेका छौं ताकि गाउँवासीलाई कुनै खतरा नहोस् ।’

उनीहरु सबै चेन्नईको एउटा अटो पार्टमा काम गर्ने गरेका थिए । त्यसपछि गत आइतबार उनीहरु खडकपुरसम्म रेलमा आएपछि पुरुलियासम्म बस र अनि गाउँमा अर्को गाडीमा फर्केका थिए ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाः कुन जिल्लामा कति संक्रमित ? (सूचीसहित)

उनीहरु सबै २० देखि २४ वर्ष उमेरका हुन् ।

कोरोनाबारे थाहा पाएका उनीहरु सोझै घर जानु अघि प्रहरी चौकी गएर आफूहरु फर्केको जानकारी गराएका थिए ।

‘शुरुमा हामी बलरामपुर पुलिस स्टेशन गयौं, उनीहरुले हाम्रो कुरा सुनेपछि हामीलाई स्थानीय अस्पताल लगेर गए । डाक्टरले हाम्रो नाम र नम्बर लेखे । त्यसपछि हामीलाई १४ दिनसम्म एक्लिएर बस्न भने ।’ बिमलले भने ।

याे पनि पढ्नुस  बिहीबार थप ५ जनामा देखियो कोरोना

‘हामी गाउँ पुग्दा गाउँलेहरुले हामीलाई रोके, उनीहरुले खतराको कुनै रिस्क लिनु ठिक नभएकोले आँपको रुखमा हाम्रा लागि बास बनाइएको बताए ।’

उनीहरुलाई लुगा धुन समेत अलग्गै स्थान बनाइएको छ ।

गाउँमा स-साना घर हुने भएकाले त्यहाँ पूर्ण ‘आइसोलेसन’ सम्भव नभएको बताए । त्यसैले हामीले रुखमा गरिएको व्यवस्था नै राम्रो लागेर यहाँ बसेका हौं ।

‘हामीले उनीहरुका लागि सबै व्यवस्था गरेका छन् । कपडादेखि खानासम्म पुर्याइएको छ ।’ दिनबन्धु सरदार नाम गरेका एक गाउँवासीले भने ।

कमेन्ट गर्नुहोस्