भक्तपुरमा महिलाको शव फेला

काठमाडौंः भक्तपुरमा बेवारिसे अवस्थामा एक महिलाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मध्यपुर ठिमी वडा नम्बर ३ हनुमन्ते खोला नजिकै एक महिलाको शव भेटिएको हो ।

प्रहरी अहिले घटनास्थल पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ ।

महिलाको परिचय खुल्न सकेको छैन । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्