कोरोना आशंकामा इजरायलका प्रधानमन्त्री आइसोलेसनमा

काठमाडौंः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् ।

सल्लाहकार रिभ्का पाउकलाई कोरोनाको संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् ।

स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्णरुपमा पालना गर्ने छन् ।

याे पनि पढ्नुस  नेकपाका उदयपुर अध्यक्ष आइसोलेसनमा भर्ना

नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्