ललितपुरको भट्टेडाँडामा २ भारतीय साइकलयात्रीको मृत्यु

ललितपुरः वाग्मती गाउँपालिका–३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ ।

आज बिहान साढे १० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षीय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेका इलाका प्रहरी कार्यालय छपेलीका प्रहरी सहायक निरीक्षक मोहनकुमार भडेलले जानकारी दिए । उनले भने, ‘सन्तोष लडेर सडकबाट ५० र मुकेश लडेर १५० मिटर तल पुगेका थिए ।’

याे पनि पढ्नुस  गुणस्तरीय स्वास्थ्यका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : स्वास्थ्यमन्त्री यादव

कोभिड –१९ सङ्क्रमणका क्रममा मुलुकमा लकडाउन भइरहेका बेला उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा रहँदा दुईको मृत्यु भएको खुल्न आएको छ ।

मुकेशका पिता सुरेशकुमार र अर्का छिमेकी दीनानाथ प्रसाद दुई जनाका पछिपछि अर्को साइकलमा गइरहेको हुँदा उक्त कुराको जानकारी बाहिर आएको हो । उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको खुल्न आएको छ ।

कमेन्ट गर्नुहोस्