स्पेनले पनि चीनलाई उछिन्यो, एकैदिन ५ हजार बढी संक्रमित थपिए

काठमाडौंः स्पेनले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्यामा चीनलाई उछिनेको छ ।

पछिल्लो २४ घण्टाको अन्तरमा ७८ हजार ७९७ संक्रमितबाट ८५ हजार १९५ जना पुगेपछि स्पेनले चीनलाई उछिनेको हो ।

स्पेन अब सबैभन्दा बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक बनेको हो । स्पेनअघि अमेरिका र इटाली छन् ।

याे पनि पढ्नुस  एनआरएनले कोरोनाविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड सहयोग गर्ने

स्पेनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८५ हजार बढी पुगेको छ ।

त्यहाँ आइतबार ६ हजार ५२८ जनाले ज्यान गुमाएकोमा सोमबार यो संख्या ७ हजार ३४० पुगेको छ ।

यस्तै, अमेरिकामा १ लाख ४५ हजार संक्रमित र २६ सय जनाले ज्यान गुमाएका छन् ।

याे पनि पढ्नुस  कोरोनाविरुद्ध सक्रिय ९८ वर्षीय यी डाक्टर; करोडौं मृत्यु भएको स्पेनिश फ्लूका थिए साक्षी

इटालीमा साढे ९७ हजार संक्रमित र १० हजार ७ सय बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

त्यस्तै, चीनमा ८१ हजार व्यक्ति कोरोनाबाट संक्रमित छन् । त्यहाँ ३३ सय जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

विश्वका १९९ देशमा फैलिएको कोरोनाका कारण सोमबार राति ९ बजेसम्म ३५ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

याे पनि पढ्नुस  चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन शिक्षा मन्‍त्रालयको निर्देशन

यस्तै, विश्वभर ७ लाख ४३ हजार यो भाइरसबाट संक्रमित छन् । १ लाख ५७ हजार विरामी भने निको भएका छन् ।

कमेन्ट गर्नुहोस्