कोरोनाविरुद्ध लड्न बाबा रामदेवले गरे २५ करोड सहयोग

भारतमा कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणविरुद्ध लड्नका लागि योगगुरु बाबा रामदेवको पतन्जली आयुर्वेदले ‘पीएम केयर फण्ड’ मा २५ करोड भारु सहयोग गर्ने भएको छ ।

सोमबार बाबा रामदेवले भाइरसविरुद्ध लड्लाई पतन्जलीले सो सहयोग गर्ने घोषणा गरे । यसअघि यो फण्डमा दर्जनौ भारतीय उद्योगपतिहरुले दान दिइसकेका छन् ।

याे पनि पढ्नुस  आरडीटीमा पोजेटिभ देखिएका झापाका युवकको पीसीआर रिपोर्ट आयो

टाटा समूहले त अन्य उद्योगपतिको तुलनामा निकै धेरै अर्थात १५०० करोड भारु फण्डलाई दिने घोषणा गरिसकेको छ ।

पहिला ५०० करोड टाटा ट्रस्टमार्फत दिने घोषणा गरिएकोमा फेरि समूहले थप १००० करोड दिने घोषणा गरेको हो ।

यस्तै बलिउड अभिनेता अक्षय कुमारले पनि २५ करोड भारु दिने घोषणा गरेका छन् । भारतमा हालसम्म २९ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ भने यसबाट १ हजार ७१ जना प्रभावित भएका छन् ।

कमेन्ट गर्नुहोस्