बुलेट ट्रेनको गतिमा फैलिँदै कोरोनाः अमेरिकामा एकैदिन २० हजार संक्रमित, ५ सय ७३ को मृत्यु

काठमाडौंः अमेरिकामा एकैदिन कोरोनाका २० हजार संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ५ सय ७३ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ८ सय ४४ पुगेको छ भने ३ हजार १ सय ५६ ले ज्यान गुमाएका छन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमित युवतीसँग विमानमा आएकाले चकलेट बाँडेका सय घर सिल

विश्वको अवस्था
कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाले हालसम्म विश्वभर ३७ हजार ७ सय ८१ को ज्यान लिइसकको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७ सय १६ को मृत्यु भएको छ भने ६१ हजार ५० कोरोना संक्रमित फेला परेका छन् ।

याे पनि पढ्नुस  नेपालमा थप ३ जनामा कोरोना, संक्रमित संख्या १२ पुग्यो

त्यसबाट विश्वभर ७ लाख ८४ हजार ४ सय ४० संक्रमित भएका छन् भने एक लाख ६५ हजार उपचारपछि निको भएका छन् ।

कमेन्ट गर्नुहोस्