भारतमा कोरोनाले लियो ३२ को ज्यान, एकै परिवारमा आठ संक्रमित

काठमाडौंः भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । हालसम्म त्यहाँ साढे १२ सय जनामा कोरोना संक्रमण भेटिएको छ । कोरोना संक्रमितमध्ये १ सय १२ जना निको भएका छन् ।

सोमबारका दिन भारतमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।  सोमबार २१७ संक्रमणका नयाँ घटना देखा परेका हुन । संक्रणको सबैभन्दा धेरै असर केरलामा देखिएको छ ।

संक्रमण बढ्दै गएपछि भारत सरकारले २१ दिनको लकडाउनको घोषणा गरेको थियो । तर सबै लकडाउन पछि समेत सामाजिक दूरी बढाउन आम नागरिकले सहयोग नगर्दा संक्रमण झनै चुलिएको हो । कतिपय विदेशबाट फर्केकाहरु बिहे, उत्सव, पार्टी जस्ता सामाजिक उत्सवमा सहभागी भएपछि घटना झन बढेर गएका हुन ।

याे पनि पढ्नुस  ओलीले मोदीलाई गरे फोन, के भयो कुराकानी ?

कुन राज्यमा कति संक्रमित ?

राजस्थानमा एकै परिवारमा आठ संक्रमित
राजस्थानको अलवरमा एकै परिवारका आठ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य विभागका अनुसार फिलिपिन्सबाट फर्किएका अलवरका एक व्यक्तिमा सुरुमा कोरोना पोजेटिभ देखिएको थियो । तर उनले समयमै अस्पताल जाने र घरमा अलग्गै क्वारेनटाइनमा नबस्दा सबै परिवारमा सरेको र उनीहरुको टेष्ट गर्दा पोजेटिभ पाइएको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसः मृतकको संख्या २१ हजार नाघ्यो, कहाँ कति ? (सूचिसहित)

अमेरिका
अमेरिकामा एकैदिन कोरोनाका २० हजार संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ५ सय ७३ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ८ सय ४४ पुगेको छ भने ३ हजार १ सय ५६ ले ज्यान गुमाएका छन् ।

याे पनि पढ्नुस  भारतको प्रधान सेनापतिमा लेफ्टीनेन्ट जनरल मनोज नियुक्त हुने

विश्वको अवस्था
कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाले हालसम्म विश्वभर ३७ हजार ७ सय ८१ को ज्यान लिइसकको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७ सय १६ को मृत्यु भएको छ भने ६१ हजार ५० कोरोना संक्रमित फेला परेका छन् ।

त्यसबाट विश्वभर ७ लाख ८४ हजार ४ सय ४० संक्रमित भएका छन् भने एक लाख ६५ हजार उपचारपछि निको भएका छन् ।

कमेन्ट गर्नुहोस्