प्रधानमन्त्री केयर्स फण्डमा पेट्रोलियम कम्पनीहरुले दिए करोडौं रकम

भारतः कोरोना भाइरसको संक्रमणसँग जुध्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको पिएम केयर्स फण्डमा पेट्रोलियम पदार्थसँग जोडिएका कम्पनीहरुले सबैभन्दा ठूलो सहयोग गरेका छन् ।

इण्डियन आयल, भारत पेट्रोलियम, ओएनजीसि जस्ता कम्पनीहरुले सामूहिकरुपमा १०३१ करोड रुपैयाँ जम्मा गरेका हुन । यो रकमका अतिरिक्त कम्पनीका कर्मचारी र अधिकारीहरुले पनि आफ्नो तर्फबाट ६१ करोड रुपैयाँ जुटाएका छन् ।

याे पनि पढ्नुस  ओलीको निम्तो स्वीकार्दै मोदीले भनेः यसै वर्ष नेपाल आउँछु

कोषमा बिभिन्न व्यक्तित्वहरुले समेत सहयोग गरेका छन् । अक्षय कुमारले २५ करोड प्रदान गरेका छन् । यसैगरी नाना पाटेकरले १ करोड सहयोग गरेका छन् ।

कतिपय कलाकार र खेलाडीहरुले समेत कोषमा सहयोग दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय क्रिकेट टीमका कप्तान बिराट कोहली तथा उनकी श्रीमती कलाकार अनुष्का शर्माले यो कोषमा ३ करोड जम्मा गरेका छन् ।

याे पनि पढ्नुस  दलाई लामाका कारण भारत र चीन सम्बन्ध फेरि बिग्रिन सक्ने

केन्द्रीय वित्त मन्त्रीले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम समेत पिएम केयर्स फण्डमा जम्मा गर्न सकिने बताएका छन् ।

कमेन्ट गर्नुहोस्