‘लकडाउन’ उल्लंघन गर्नेलाई सम्झाउँदा हवल्दारमाथि गुलेली र चक्कु प्रहार भएपछि…

भक्तपुरः लकडाउन उल्लंघन नगर्न सम्झाउँदा सुर्यविनायक चोकमा प्रहरीमाथि गुलेली र चक्कु प्रहार भएको छ ।

चक्कु लागेर प्रहरी हवल्दार केशरसिंह रावत घाइते भएका छन् । उनको गालामा घाउ लागेको छ ।

प्रहरीका अनुसार गुलेली र चक्कु प्रहार व्यक्ति सुदीप क्षेत्री हुन् र उनको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

याे पनि पढ्नुस  लकडाउनमा भारतबाट लुकेर आएका थिए कपिलवस्तुका १० सङ्क्रमित

महानगरिय प्रहरी वृत्त जगातीले क्षेत्रीलाई गुलेली र चक्कुसहित पक्राउ गरेको छ । घट्नाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जगाती वृत्तले जनाएको छ ।

कमेन्ट गर्नुहोस्