रामेछाप दुर्घटनाः घाइते दुईको मृत्यु (अपडेट)

काटठमाडौंः रामेछापको खाँडादेवीमा दुर्घटना हुँदा घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

रामेछापको दोरम्बा गाउँपालिका–२ की संगिता पहरी तथा सोही गाउँपालिका वडा नं ३ का ४० गोपिलाल पहरीको उपचारको क्रममा धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो ।

याे पनि पढ्नुस  दुर्घटनामा परेपछि पूर्वमन्त्री हिसिला यमी अस्पताल भर्ना

प्रहरीका अनुसार उक्त दुर्घटनामा अन्ये २८ जना घाइते भएका छन् । दुर्घटनामा परि घाईते भएका २४ जनाको ध्ुलिखेल अस्पताल र चार जनाको शीर मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।

भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा गाँउपालिका जाँदै बा १४ च ८४९८ बोलेरो रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिकामा मंगलबार बिहान दुर्घटनामा परेको थियो ।

याे पनि पढ्नुस  चितवनको खैरहनीमा बसको ठक्करबाट एकको मृत्यु

प्रहरीले बोलेरो चालक रामेछापकै दोरम्बा २ का १८ बर्षका बुद्ध मोक्तानलाई नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्