वीर अस्पतालमा मृत्यु भएका पुरुषको पनि कोरोनाबाट मृत्यु नभएको पुष्टि

काठमाडौंः सोमबार वीर अस्पतालमा मृत्यु भएका पुरुषको पनि केरोनाबाट मृत्यु नभएको पुष्टि भएको छ ।

हालै भारतबाट आएका अन्दाजी ५० वर्षका ती व्यक्ति ज्वरो आएपछि सोमबार बिहान अस्पताल आएका भर्ना भएका थिए । तर, सोमबार दिउँसो उनको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त उनको नमुना परीक्षणको नतिजामा कोरोनाबाट मृत्यु नभएको अस्पतालका डा. विद्यानिधि पौडेलले जानकारी दिए ।

सोमबार नै वीर अस्पतालमा मृत्यु भएका चन्द्रागिरि नगरपालिकाकी युवतीको पनि कोरोना संक्रमण्नबाट मृत्यु नभएको पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्