भ्रमण वर्ष औपचारिक रूपमै स्थगित, सचिवालय पनि विघटन गरिने

काठमाडौंः सरकारले भ्रमण वर्ष २०२० को कार्यक्रम औपचारिक रूपमै स्थगित गरेको छ ।

चैत ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारिले जानकारी दिए ।

उनका अनुसार यो निर्णयसँगै भ्रमण वर्ष २०२० को प्रचार प्रसारका लागि स्थापना गरिएको भ्रमण वर्ष २०२० को सचिवालय आगामी बैशाख १ गते देखि बिघटन गर्ने निर्णय पनि भएको छ ।

याे पनि पढ्नुस  आज यी ठाउँमा हुनसक्छ ट्राफिक जाम, वैकल्पिक रुट प्रयोग गर्नुपर्ने

२०२० भर २० लाख पर्यटक भित्राउने उद्देश्यसहित सरकारले जनवरी १ मा यो अभियानको औपचारीक उद्घाटन गरेको थियो ।

पर्यटनलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यका साथ सरकारले भ्रमण बर्स घोषणा गरेपनी कोरोना भाइरसको सन्क्रमणका कारण यो अभियान स्थगित गर्नुपरेको हो ।

कमेन्ट गर्नुहोस्