नर्सलाई डेराबाट निकाल्ने वडा सचिव समातिए

घोराहीः दाङको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ ।

केही दिन पहिले कोरोना संक्रमण हुनसक्ने भन्दै घोराहीमा डेरा गरी बस्दै आएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका–२ का वडा सचिव नारायण आचार्यलाई आज जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  नक्कली दुई प्रहरी पक्राउ

स्टाफ नर्स सिर्जना खड्कालाई कोरोना संक्रमण हुनसक्ने भन्दै डेराबाट निकालेपपछि आचार्यलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्