कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार नाघ्यो, संक्रमितको संख्या ८ लाख

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ ।

आज थप १२ सय जनाको ज्यान गएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार नाघेको हो ।

यस्तै, यो भाइरसका कारण संक्रमित हुनेकाे संख्या ८ लाख नाघेको छ । मंगलबार साँझ ६ बजेसम्म एकैदिन १८ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

याे पनि पढ्नुस  कोरोनामा भारतले फेरि तोड्यो आफ्नै रेकर्ड

कोरोनाका कारण सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । त्यहाँ ११ हजार बढी व्यक्तिको ज्यान गइसकेको छ भने एक लाख भन्दा बढी संक्रमित छन् ।

अमेरिकामा कोराेना संक्रमितको संख्या १ लाख ६४ हजार नाघेको छ । त्यहाँ ३ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

याे पनि पढ्नुस  एउटै गाउँपालिकामा ७३ कोरोना संक्रमित !

सम्पूर्ण देशको कोरोना संक्रमणको सूची हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्