कोरोना संक्रमणविरुद्ध गायिका लता मंगेशकरले दिइन् २५ लाख

भारतीय प्रख्यात गायिका लता मंगेशकरले महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने घोषणा गरेकी छन् ।

कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको छ ।

याे पनि पढ्नुस  रानुका बारेमा लता मंगेशकरको बयानले मच्चियो सनसनी, प्रशंसकले गरे चर्को आलोचना

सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान पुर्याउने घोषणा गरेकी छिन् ।

यस्तै, बलिउड क्षेत्रका अक्षयकुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड–१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग पुयाउने घोषणा गरिसकेका छन् ।

याे पनि पढ्नुस  लता मंगेशकरलाई यस्तो सम्मानले सम्मानित गर्दैछ भारत सरकार

भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस फैलिन नदिन २१ दिनको ‘लकडाउन’ को घोषणा गरेका छन् ।

भारतमा यस सङ्क्रमणबाट ३२ जनाको ज्यान जानुको साथै १ हजार २५१ सङ्क्रमित रहेका छन् ।

कमेन्ट गर्नुहोस्