डब्ल्यूएचओले भन्योः एसियामा अझै सकिएको छैन कोरोनाको महामारी

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकिन समय लाग्ने भएको छ । साथै उसले सबैलाई कोरोना भाइरसविरुद्ध लड्ने आफ्नो कदम कायम राख्न अनरोसमेत गरेको छ ।

गत डिसम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाको प्रकोप अहिले युरोप र अमेरिकाका बढी छ । तर, एसिया–प्रशान्त क्षेत्रमा पनि यसको प्रभाव नरोकिएको डब्ल्यूएचओले बताएको छ ।

याे पनि पढ्नुस  बागलुङकी युवतीको दोस्रो परीक्षण रिपोर्ट पनि ‘पोजेटिभ’

डब्ल्यूएचओको पश्चिमी प्रशान्तका क्षेत्रीय निर्देशक डा. टाकेशी कासाईले यो लडाइँ लामो समयसम्म जारी रहने भएकाले आफ्नो सुरक्षाको व्यवस्था गरिरहनुपर्ने बताए ।

उनले सबै मुलुकले स्थानीय अवस्थाअनुसार भाइरस रोक्ने प्रयत्न जारी राख्नुपर्ने उल्लेख गरे । त्यसका लागि संक्रमितको पहिचान, आइसोलेसन र परीक्षणको काम छिटै गर्ने, संक्रमितको सम्पर्कका आएका मानिसलाई जतिसक्दो छिटो क्वारेन्टाइनमा राख्ने र सामाजिक दुरी घटाउने उपाय अवलम्बन गर्ने कामलाई सबै मुलुकले जारी राख्नुपर्ने कासाईको भनाइ छ ।

कमेन्ट गर्नुहोस्