कोरोना राहत कोषः १५ दिनको पारिश्रमिक दिने नेकपा सुदूरपश्चिम संसदीय दलको निर्णय

कैलालीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूर पश्चिम संसदीय दलले कोरोना रोकथाम तथा नियन्त्रण जोखिम सरकारी राहत कोषमा पन्ध्र दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपाका प्रदेशका सांसदले कोषमा रकम जम्मा गर्ने निर्णय भएको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना भाइरस प्रभावः चीनमा फरमुला वानसँगै एक दर्जन प्रतियोगिता स्थगित

सुदूरपश्चिम प्रदेशमा नेकपा ३० जना सांसद रहेका छन् । ति मध्ये सरकारमा रहेका मुख्यमन्त्री त्रिलोचनभट्ट सहित मन्त्रीहरुले एक महिना बराबरको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट हालसम्म नेपालमा ५ जना संक्रमित भएका छन् । कोरोना टेष्ट किट र ब्यक्तिगत सुरक्षा सामग्रीसहित स्रोतको अभावमा प्रभावकारीरूपमा काम हुन नसकेपछि प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रण जोखिम कोषको स्थापना गरेको थियो ।

कमेन्ट गर्नुहोस्