थानकोटमा महिलाको शव भेटियो, पीपीईसहित प्रहरी घटनास्थलमा

काठमाडौंः काठमाडौंको चन्द्रागिरि नगरपालिका सरस्वती मन्द्रिरबाट २ सय मिटर नजिक एक महिलाकाे शव फेला परेकाे छ ।

धादिङ घर भएकी अन्दाजी ४४–४५ वर्ष उमेरकी महिलाकाे शव फेला परेकाे हाे । थानकोट प्रहरीका अनुसार उनको परिचय भने खुल्न सकेको छैन ।

याे पनि पढ्नुस  चन्द्रागिरि नगरपालिकाले भाडामा बस्ने र मजदुरी गर्नेलाई राहत दिने

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट जगतटारमा सडकको किनारामा उनी मृत अवस्थामा भेटिएको पुष्टि गरे ।

घटना स्थलमा पीपीईसहित प्रहरी प्रहरीले मृतकलाई पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको डीएसपी श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  २ करोड लागतमा चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

मृतकबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्