युएईमा कोरोना संक्रमित नेपालीको संख्या ८ पुग्यो दुई जनाको उपचार सफल

युएई । मंग्लवार सम्म युएईमा ८ जना नेपाली कोरना भाइरस बाट संक्रमित भएका छन् जसमा २ जनाको उपचार सफल भएको छ ।

मंग्लवार युएईमा २ जना नेपाली सहित ५३ जना नयाँ कोरोना भाईरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यो सँगै युएईमा संक्रमितको संख्या ६६४ पुगेको छ । भने आज नै थप एक जना ६७ बर्षिय एसियन नागरिकको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  कोरोना राहत कोषः १५ दिनको पारिश्रमिक दिने नेकपा सुदूरपश्चिम संसदीय दलको निर्णय

मंग्लवार सम्म युएईमा कोरोना भाइरसको संक्रमण बाट मृत्यु हुनेको सँख्या ६ पुगेको यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ ।

युएईमा हालसम्म कोरोना संक्रमित मध्य ६१ जनाको सफल उपचार भएको छ ।

कमेन्ट गर्नुहोस्