औषधिजन्य सबै खाले कच्चा पदार्थहरुको आपूर्ती नियमितः उद्योग मन्त्रालय

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औषधिजन्य सबै खाले कच्चा पदार्थहरुको आपूर्ति बिना अवरोध विगतमा जस्तै नियमित रुपले भैरहेको जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ती माफर्त औषधिको आपूर्तिलाई नियमित र सहज बनाउन विभिन्न पक्षसंग क्षलफल गरिरहेको पनि स्पष्ट पारेको छ ।

याे पनि पढ्नुस  चीनबाट कच्चा पदार्थ ल्याए औषधि ४०% सस्तो

केही औषधि उद्योगहरु कच्चा पदार्थको अभावमा बन्द भएको भनि केही अनलाइन माध्यमहरुमा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरको छ ।

हाल पनि औषधिको कच्चापदार्थको आपूर्ति विगतमा जस्तै नियमित रुपमा भैरहेको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्