मलेशियामा भिषा सकिएका र स्वदेश फर्किन नपाएका नेपालीको दूतावासले माग्यो बिवरण

मलेशिया । मलेशिया स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरुलाइ भिसा सकिएर वा टिकट रद्ध भएर अफ्ट्यारोमा परेको भए आफ्नो बिवरण बुझाउन अनुरोध गरेको छ ।

मंग्लवार एक सुचना जारी गर्दै दूतावासले मलेसियाले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि १८ मार्चदेखि १४ अप्रिलसम्म लकडाउन गरेकाले यो अबधीमा नेपाल फर्कन नपाएका र भिसा सकिएका नेपाली नागरिकले दूतावासमा अप्रिल २बिहीबार दिउँसो १ बजेसम्म जानकारी गराउन भनेको छ ।

याे पनि पढ्नुस  नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रविन राई

विवरण पठाउदा दूतावासको फेसबुक पेजमा राखिएको अन्लाईन फारामको लिङ्क eonkualalumpur@@mofa.gov.np मा आफ्नो विवरण भरेर अथवा अनलाइनमार्फत आवेदन भर्न नसक्नेले ६०१६२४७२७७७ मा ह्वाट्स्एअप मार्फत आफ्नो विवरण पठाउन सकिने दूतावासले बताएको छ।

यसरी विवरण पठाउदा पासपोर्टमा उल्लेख भएको आफ्नो नाम, पासपोर्ट नम्बर, मोबाइल नम्बर, मलेसियन भिसाको किसिम र मलेसियामा कार्यरत भए कम्पनीको नाम र फोन नम्बरसहित लेखी पठाउनुपर्ने सूचनामा उल्लेख छ ।

याे पनि पढ्नुस  नेपाली दूतावास ओमन द्वारा आयोजित नि:शुल्क स्वास्थ्य परिक्षण सिविर सम्पन्न

यस्तो छ दूतावास द्वारा जारी सूचना

कमेन्ट गर्नुहोस्