कोरोना भाइरस सङ्क्रमणको ऐनामा देखिएको वर्णव्यवस्थाको गहिरो छायाँ

राजेश प्रियदर्शी, (डिजिटल सम्पादक, बीबीसी)

दार्शनिकहरूले कोरोना महामारीपछि सम्पूर्ण विश्वव्यवस्था स्थायी रूपमा बदलिने भविष्यवाणी गरिरहेका छन्।  हुन त ९/११ को आक्रमणपछि विश्वव्यवस्था के कति बदलियो भन्ने कुरा तपाईं-हामीले देखेकै हो।  तर कोरोनाको पभाव निकै गहिरो भएकाले यसको कारण विश्वभरिमा हरेक किसिमका परिवर्तन हुनसक्ने कुरालाई भने नकार्न सकिन्न।

भारतमा हुनसक्ने परिवर्तनहरूबारे अनुमान लगाउन या बुझ्न हामीले दुई तस्बिरहरूलाई हेर्नुपर्ने हुन्छ।  त्यसमा पहिलो तस्बिर हो राष्ट्रिय राजधानी दिल्लीस्थित आनन्द विहार बस पार्कमा उर्लिएको विवश  मानिसहरूको भीड र दोस्रो तस्बिर हो आफ्नो घरको बैठक कोठामा आरामले परिवारसँग बसेर दूरदर्शनमा रामायण हेर्दै गरेका मानिसहरूको जसमा केन्द्र सरकारका मन्त्रीहरू समेत सामेल छन् ।

जुन पदयात्रामा ‘गरिब भारत’ निस्किएको छ, त्यो सरकारभन्दा पनि हाम्रो समाजको निम्ति प्रश्न चिन्ह हो। संसारभरमा के हुँदैछ, विज्ञानका सीमाहरू के हुन् र चीनको भूमिका कस्तो छ भन्ने प्रश्न एकछिन पर राखेर सोचौं।

सीमान्तीकृत आमजन…

के तपाईंलाई महाराष्ट्रका किसानहरूका रगतले लत्पतिएका तलुवाहरूको सम्झना छ ? के तपाईंलाई गएको दुई वर्ष यता ढल सफा गर्ने क्रममा निस्सासिएर मारिनेहरूका समाचारबारे सम्झना छ ? के तपाईं त्यो मान्छेलाई बिर्सिनु भयो जो साइकलमा आफ्नी स्वास्नीको लास बोकेर जाँदै थियो ?

एउटा समाजको रूपमा हामीले यस्ता थुप्रै तस्बिर देखिरहेका हुन्छौं, एक छिनका लागि हामीलाई नराम्रो लाग्छ, हामी भावुक भएर चन्दा या राहत सामग्री उठाउँछौँ, तर हाम्रो  चेतनामा यसरी रगतले लत्पतिएका गोडाहरूले सैयौं किलोमिटरको यात्रा तय गर्ने महाराष्ट्रका किसानहरू या ढल सफा गर्ने क्रममा निस्ससिएर मारिनेहरू या साइकलमा स्वास्नीको मृत देह बोक्ने लाचारहरू ‘अन्य मान्छे’ हुन् , उनीहरू हामीजस्ता होइनन्, उनीहरू हामी समान नागरिक होइनन्।

भारतमा आफ्नो जीवन नै दाऊमा राखेर सयौँ किलोमिटर पैदल आफ्नो घरका लागि निस्कनेहरूको बारेमा एउटा कुरा भने ठोकुवा गर्रेर भन्न सकिन्छ, त्यो केहो भने उनीहरूलाई भारत सरकार, प्रान्तीय सरकारहरू या समाजप्रति न कुनै विश्वास छ न आशा नै।   उनीहरू आफ्नो हौसला र आत्मविश्वासकै भरमा आजसम्म बाँचे र उनीहरूलाई आफूमा मात्र विश्वास छ र आफ्नो मात्रै आशा छ।

यहाँ हामीको परिभाषा- अपार्टमेन्टहरूमा बस्ने, छोराछोरीलाई अंग्रेजी माध्यमका नीजी विद्यालयहरूमा पढाउने, राष्ट्रप्रेमको कुरा गर्ने, पाकिस्तानको बाऊको बिहे देखाउने, छिट्टै भारत वैशिव्क शक्ति बन्ने सपना देख्ने, अतीतप्रति गौरवानुभूति गर्ने र आफ्नो उज्ज्वल भविष्यप्रति आश्वस्त हुनेहरू पर्दछौं। यिनीहरूको देशको कल्पनाभित्र ती मानिस समाविष्ट हुँदैनन् जो संख्यामा बढी छन्, तर सीमान्तीकृत छन्।

विस्मृतिमा जाने परिघट्ना…

रोजी रोटीको समस्यामा अल्झिएका , दिनभरिको कमाइले साँझ खान पुग्नेहरू, पुलहरूमुन्तिर, छाप्राहरूमा बस्नेहरू, अशिक्षितहरू यी सबै ‘अन्य मानिस’को श्रेणीमा पर्ने गर्छन्।  यिनीहरू पनि ‘एक भारत, श्रेष्ठ भारत’को यात्रामा सामेल छन्, तपाईंको भारी बोक्छन्, तपाईंका लागि ढल सफा गर्छन्, तपाईंका लागि तरकारी ल्याउँछन्, तर उनीहरू ‘हामी’भित्र अटाउन्नन्।

याे पनि पढ्नुस  नेपालमा थप १ जनामा कोरोना, संक्रमितको संख्या ४९ पुग्यो

टिभीमा रामायण हेर्नेहरूको स्मृतिबाट आनन्द विहारको दृश्य केही समयपछि नै धूमिल भइहाले यो अचम्मको कुरा हुने छैन।  जुन दिन महाराष्ट्रका किसान रगताम्य गोडाले पैदल आठ सय किलोमिटर यात्रा तय गर्दै थिए भारतीय टिभी च्यानल मोहम्मद सामी र उनकी पत्नीको झगडालाई मुख्य समाचार बनेर पस्किरहेका थिए। टिभीमा समाचार च्यानल  चलाउनेहरूको बुझाई स्पष्ट छ- उनीहरू ‘हामी’ भन्ने जमातका लागि हुन् ‘अन्य’का लागि होइनन्।

के सरकारलाई थाहा थिएन र दैनिक ज्यालादारी बन्द गरिएपछि मजदुर गाउँतिर पलायनका लागि बाध्य हुनेछन् भनेर ? कतिपय पढेलेखेकाहरू यस पीडादायक यात्रालाई ‘कोरोना पिकनिक’ भन्दैछन्। 

सामाजिक संजालमा होहल्ला भएपछि टिभी च्यानलहरूले बल्ल पैदल हिंड्दै गरेका किसानहरूको समाचारमाध्यान दिए, यी समाचारहरूमा दुई-तीन चासोहरू पनि व्यक्त गरिएका थिए- ओहो, यसले त ‘लक डाउन’ असफल हुनसक्छ, भाइरस फैलिन सक्छ, कस्ता गैर-जिम्मेवार मानिसहरू हुन् ?, यिनीहरूले यस्तो गर्नु हुँदैनथ्यो, के उनीहरू जहाँ थिए त्यहिँ ढुक्कसँग बस्न सक्दैनथे ? अर्थात् च्यानलहरूको चिन्तामा ती थाकेका, क्लान्त भएका, एक्लै जिन्दगीको युद्धमा निस्किएकाहरूको पीडा देखिँदैनथ्यो।

सरकार र समाज

हामी भारतीयहरू कुरा जस्तो गरे पनि, जति गरे पनि, हामी खासमा असमानतामा चरम विश्वास राख्ने मानिस हौँ। गरिब, दलित, वंचित र शोषितहरूप्रति हाम्रो जुन रवैय्य्या छ, त्यसकै प्रतिच्छायाँ सरकारको रवैय्यामा पनि प्रतिविम्वित हुन्छ।  सरकार जोसुकैको होस् उसलाई राम्ररी थाहा हुन्छ कि के कुरामा भोट काटिन सक्छन् र के कुरामा मिल्न सक्छन्।

विदेशमा फसेकाहरूको उद्वारका लागि विशेष विमान उडाइन्छन्, पैदल हिंड्नेहरूको अवस्था तीन तीन दिनसम्म सामाजिक सञ्जालमा देखाइएपछि उपकार भन्दै केही बसहरू पठाइन्छन्।  झन् पछि यस्तो समेत् भनिन्छ कि बस पठाएर गल्ती गरियो, किनभने सित्तैमा यात्रा गर्न पाइने लोभले भीडभाड भयो र यसले भाइरस फैलिने खतरा अझै बढ्न गयो।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ देशकै पहिलो मुख्यमन्त्री थिए जसले दैनिक ज्यालादारीमा कम गर्ने मजदुरहरूका लागि राहतको घोषणा गरे,  तर त्यो पीलिभीत पनि उत्तर प्रदेश नै थियो जहाँ प्रमुख जिल्लाधिकारी र प्रहरी प्रमुख साँझ पाँच बजे घण्टी बजाउँदै पवित्र जुलुस निकाल्छन् र आम मानिस प्रधानमन्त्रीको आव्हानको गलत अर्थ लगाएर सडकमा जम्मा हुन थाल्छन्।

आदर्श भारतीय नागरिक

यो त्यही राज्य हो जहान वरिष्ठ प्रहरी अधिकृतहरू काँवरियाहरूका गोडा मिच्दै सगर्व तस्बिर खिँच्छन् किनभने उनीहरूलाई लाग्छ यसले उनीहरूलाई पदोन्नति मिल्ने सम्भावना बढेर जानेछ।  यो त्यही राज्य हो जहाँ हेलिकप्टर प्रयोग गरेर काँवरियाहरूमाथि पुष्पवृष्टि गरिन्छ र अयोध्याका घातहरूमा सयौँ लिटर तेल खर्च गरेर लाखौँ दिया जलाइन्छन्।

के कोरोनापछि यदि हामीले आफ्ना राजनैतिक क्षुद्रताहरूलाई त्यागिदिनेछौँ र देशका सबै नागरिकहरूको लागि राम्रो सार्वजनिक यातायात, विद्यालय, अस्पताल र विश्वविद्यालयको माग गर्न थाल्नेछौँ  र अन्य सरकारी व्ययलाई ‘अनावश्यक’ श्रेणीमा राख्न जोड दिनेछौँ ?

के सरकारलाई थाहा थिएन र दैनिक ज्यालादारी बन्द गरिएपछि मजदुर गाउँतिर पलायनका लागि बाध्य हुनेछन् भनेर ? कतिपय पढेलेखेकाहरू यस पीडादायक यात्रालाई ‘कोरोना पिकनिक’ भन्दैछन्।   यी तिनै हुन् जसलाई के लाग्छ भने सबैले उनीहरू जस्तै बस्नुपर्छ।  उनीहरूले ‘आदर्श भारतीय नागरिक’को एउटा छवि निर्माण गरेका छन्, त्यो नै उनको लागि ‘हामी’ हो- शहरी, सफा-सुग्घर, सम्भवतः धार्मिक, देशभक्त र संस्कारी आदि आदि…।

याे पनि पढ्नुस  अष्ट्रेलियन क्रिकेटर रिचडर्सन कोरोनाको संक्रमणबाट सुरक्षित

यी ‘अन्यहरू’ ‘हामी’ वर्गका नागरिकलाई बिझाउने गर्छन्, यिनले भारतको छवि बिगार्छन्, यिनीहरू अनपढ र गवाँर छन्, मानौँ उनीहरू रहरले यस्ता भएका होऊन।

यदि महामारी फैलियो भने मानिसहरू सजिलै यसो दोष गरिबहरूमाथि लगाउने छन्। उनीहरू भन्नेछन्, ‘मूर्खहरूका कारण भाइरस फैलियो, अन्यथा हामीहरू त आफ्ना घरहरूमा बसेर मजाले रामायण हेर्दै थियौँ र देवीमातालाई घ्युको बत्ती बालिरहेका थियौँ। ‘ उनीहरू यस्तो प्रश्न गर्नेछैनन् कि यी ‘भाइरस फैलाउने’हरूलाई २१-२१ दिनसम्म जीवित राखिराख्न के के व्यवस्था गरिए, र ती व्यवस्थाहरूको बारेमा उनीहरूलाई कसले र कहिले जानकारी दियो ?

देशका प्रधानमन्त्रीले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूप्रति कृतज्ञता प्रकट गर्न साझ पाँच बजे थाल ठटाउने र ताली बजाउने अपिल गरिरहँदा उनको मस्तिष्कमा भारतको जुन छवि थियो त्यसमा ‘वास्तविक भारत’का सबै नागरिक त्यस्ता घरहरूमा बस्ने गर्छन् जुनमा कौशी र छत रहेका हुन्छन्।

के सबै नागरिक समान हुन् ?

असमानतालाई हामी भारतीयहरू इश्वरीय विधान मान्ने गर्छौँ।  हामी गरिबहरूलाई अलि मद्दत त गरौँला, तर मनले हामी सबै मानिसलाई बराबर मान्न तयार छैनौँ, यही हाम्रो समाज हो र यही हाम्रो सत्य हो।

यस सोचका जराहरू वर्ण व्यवस्थामा रहेका छन्इ, जो मानिसहरूको आधारभूत वर्गीकरणको सिद्धान्तमा अडिएको छ, र हाम्रो सामन्तवादी मानसिकता पनि यसकालागी जिम्मेवार छ।

विवश र श्रमजीवीहरूको जनसागरमा सबै जातिका मानिस होलान्म, यहाँ जातिगत भेदभावको कुरा हुँदैछैन, तैपनि अधिकांश मजदुरह्हरू पिछडिएका भनिएका जातिका नै होलान्। यहाँ हरेक प्रकारको भेदभावको कुरा हुँदैछ जुन हाम्रो समाजमा सहजै स्वीकार्य छ, हामीमा धेरैले यस्तो भन्ने या मान्ने गरेका छन् कि पाँचै औँलाहरू बराबर हुन्नन्।  यस सोचले नै भेदभावलाई स्वाभाविक बनाउँछ, यसमा परिवर्तन आओस् भनेर कमैले मात्र सोच्ने गर्छन्। फेरि जो यस भेदभावपूर्ण व्यवस्थामा फ़ाइदामाछ उसले त परिवर्तनको कुरा नै किन गरोस् ?

सामाजिक व्यवहार

तिरुपतिदेखि वैष्णो देवीसम्मका मन्दिरहरूमा मानिसहरू बर्सेनी हजारौँ -लाखों रुपैयाँ दाङ दिने गर्छन्।  विशाल मूर्तिहरू स्थापित गर्न, भव्य मन्दिरहरू निर्माण गर्न  जति च्छाहे पनि पैसा दाङ गर्नेको कमी हुन्न तर गरिबहरूको लागि भने हाम्रा मुट्ठीहरू कमै खुल्ने गर्छन्।

याे पनि पढ्नुस  टेकुमा कोरोना भाइरस जाँच गर्नेको भीड, कतिले गराए पहिलो दिन परीक्षण ?

यो निकै मुस्किल समय हो, यस्तो कुराले धेरैलाई बिझाउन सक्छ, तर यो कुरा भने भन्नै पर्ने हुन्छ कि भारतको यावत सामाजिक-संस्कृतिक सुन्दरतामा विराट हिन्दू संस्कृतिको सौन्दर्य समेत अटाएको छ, साथै भारतको कुरुप्तामा पनि उसको अहम भूमिका रहेको छ।

यस सोचका जराहरू वर्ण व्यवस्थामा रहेका छन्इ, जो मानिसहरूको आधारभूत वर्गीकरणको सिद्धान्तमा अडिएको छ, र हाम्रो सामन्तवादी मानसिकता पनि यसकालागी जिम्मेवार छ।

यो सत्तोसराप गर्ने समय होइन, सोच्ने समय हो  बहुसंख्यक समाजले आफ्नो सामाजिक व्यवहारमा गम्भीर भएर सोच्नु पर्ने समय हो यो , यारेक आलोचनासुन्ने बित्तिक्कै ठुस्स हुने या आफ्ना अतीतका माहनाताका कथाहरूमा रमाएर आत्मरति लिने समय होइन।

सिख समुदायले गुरू नानकको सच्चा सौदाको समयदेखि नै सेवा भावलाई प्राथमिकता राख्ने गरेको देखिन्छ। खैरात र जकात मुसलमानले पनि गर्छन् र हिन्दूले पनि दाङ गर्छन् तर दानको सुपात्र हरेक प्राप्तकर्ता हुन्छ या हुन्न भन्ने प्रश्न अहम हुन जान्छ, मन्दिरका खुड्किलाहरूमा बसेर माग्ने मगन्तेहरूलाई दुई-चार रुपैयाँ दिएर हामी राम्रो महसुस गर्छौं।

के हामी यस बहसको निम्ति तयार  छौँ ?

कोरोनाले एकपल्ट फेरि सरकार र समाजको निर्णय प्रक्रियाहरूमा वर्णव्यवस्थाको गहिरो छायाँ रहेको प्रष्ट्याइदिएको छ। के एउटा समाजको रूपमा हामी बदलिन तयार छौँ ? जसरी चुनावमा प्रत्येक भोटको मूल्य बराबर हुने गर्छ त्यसरी नै के हामी हरेको नागरिकको गरिमा बराबर हुनुपर्ने चर्चामा सामेल हुन तयार छौँ ?

के कोरोनापछि यदि हामीले आफ्ना राजनैतिक क्षुद्रताहरूलाई त्यागिदिनेछौँ र देशका सबै नागरिकहरूको लागि राम्रो सार्वजनिक यातायात, विद्यालय, अस्पताल र विश्वविद्यालयको माग गर्न थाल्नेछौँ  र अन्य सरकारी व्ययलाई ‘अनावश्यक’ श्रेणीमा राख्न जोड दिनेछौँ ?

अग्लाभन्दा अग्ला मूर्तिहरू स्थापना गर्ने चर्चा हुँदा के तपाईं-हामीलाई देशमा उपलब्ध प्रति हजार व्यक्ति कति जना डाक्टरहरू छन् र कति शैय्या अस्पताल छन् भन्ने कुरामा पनि ध्यान दिनेछौँ, के हामी कति जना कुपोषित छन्, कति जनालाई खानेपानी मिल्दैछैन, हाम्रा अनुसन्धान प्रतिष्ठानहरूमा केकस्तो काम भैराखेको छ, हामी आफ्नो मानवीय पूँजी या युवाहरूका लागि केकस्ता अवसर सिर्जना गरिराखेका छौँ र हामी आउने पिंढीका लागि कस्तो देश छाडेर जाँदैछौँ ? भन्ने जस्ता कुरामाध्ह्याँ दिनु बढी आवश्यक हुनेछ।

जब संसारभरि कोराना फैलिँदै थियो, भारतमा पनि यसले आफ्ना गोडा पसार्दै थियो, हामी डोनाल्ड ट्रम्पको स्वागत गरेर आफूलाई धन्य महसुस गरिराखेका थियौँ, हामी मध्ये प्रदेशमा सरकार बनाइएको उत्सव हेरिराखेका थियौँ, र यी सबै कुरा हामीलाई वह्हियात लागिरहेका थिएनन्।

जब हाम्रो देश आफ्ना नागरिकहरूको स्वास्थ्य-शिक्षा र सुविधा बाहेक सुने अन्य तामझाममा राष्ट्रिय सम्पत्ति खर्चिनुलाई गलत मान्नेछौँ यो कोरोनाको निम्ति ठुलो मूल्य हुनेछैन। अनुवादः भुवन निस्तेज, एभरेष्ट दैनिक 

कमेन्ट गर्नुहोस्