कोरोनाले लियो ३ वर्षे बालकको ज्यान

लण्डन: कोरोना भाइरसबाट संक्रमित भएका १३ वर्षका बालकको मृत्यु भएको छ।

दक्षिणी लण्डनको ब्रिक्सटनका १३ वर्षे इस्माइल मोहमम्द अब्दुल्वाहबको कोरोना भाइरसबाट संक्रमित भएपछि मृत्यु भएको लण्डन हस्पिटल ट्रस्टले बताएको छ । उनको किङ्गस कलेज हस्पिटलमा मृत्यु भएको हो ।

उनी कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा मृत्यु हुने मध्ये सबैभन्दा कम उमेरका व्यक्ति रहेको बताइन्छ । बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण १७ सय ८९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बेलायतमा २५ हजार १५० पुगेको छ ।

याे पनि पढ्नुस  भारतमा पनि भेटियो कोरोना भाइरस संक्रमित

मृत्यु भएका बालकको परिवारले उनमा कुनै पनि गम्भीर स्वास्थ्य समस्या नरहेको बताएका छन् । बालकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गएको शुक्रबार भएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

अहिलेसम्मको तथ्यांक हेर्दा कोरोना भाइरसको संक्रमणबाट किशोर–किशोरी गम्भीर बिरामी पर्ने वा त्यसै कारण मृत्यु हुने सम्भावना अति कम छ ।

याे पनि पढ्नुस  बैतडीमा फेरि चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

संक्रमित मध्ये मात्रै ०.३ प्रतिशत किशोर–किशोरीलाई अस्पताल भर्ना गर्नु पर्ने तथा ०.००६ प्रतिशतको मात्रै मृत्यु हुने गरेको देखिको छ । तर इस्माइल कोरोना भाइरसका कारण मृत्यु हुने सीमित किशोरमा परेका छन् ।

कमेन्ट गर्नुहोस्