दिल्लीमा डाक्टर दम्पत्तिलाई नै कोरोनाको संक्रमण

नयाँदिल्ली: भारतमा डाक्टर दम्पत्तिलाई नै कोरोनाको संक्रमण भएकाे छ ।

मंगलबार सरदार वल्लभभाइ पटेल अस्पतालको पेडियाट्रिक विभागमा कार्यरत एक ३२ वर्षीय डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको छ।

मार्च २६ मा शफ्दारजंग अस्पतालको बायोकेमेस्ट्री विभागका काम गर्ने उनकी श्रीमतीमा पनि कोरोना भाइरस देखिएको थियो। यो दम्पत्ति दक्षिणी दिल्लीमा बस्थ्यो।

याे पनि पढ्नुस  कोलकातामा कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ शिशु

दिल्ली स्टेट क्यान्सर इन्स्टिच्युटको डिपार्टमेन्ट अफ प्रिभेन्टिभ अंकोलोजीमा कार्यरत अर्का वरिष्ठ डाक्टरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ।

यसअघि नै दिल्लीमा दुई जना डाक्टरहरूलाई कोरोना भाइरस भएको थियो। स्वास्थ्य विभागले ती दुई डाक्टरको सम्पर्कमा आएका २००० हजार मानिसको ट्रेसिङ भइरहेको जनाएको छ।

याे पनि पढ्नुस  कोभिड–१९ बाट निधन भएका व्यक्तिको शवबाट कोरोना सर्छ कि सर्दैन ?

दिल्लीमा बुधबारसम्म १२० जनामा कोरोना भाइरस पुष्टि भएको छ।

कमेन्ट गर्नुहोस्