कोरोना रोकथामः केन्द्रलाई एक करोड दिएको नेपाल बैंकले प्रदेशलाई ५/५ लाख दिने

काठमाडौँः विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि  नेपाल बैंक लिमिटेडले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथाम तथा नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५/५ लाखका दरले हुन आउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना भाइरसः अमेरिकामा ६१ हजार भन्दा बढीको मृत्यु, बेलायतमा मृतकको संख्या २६ हजार नाघ्यो

बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रकम आर्थिक सहयोग प्रदान गरेका थियो ।

योसँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट कूल एक करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्