क्वारेन्टाइन कि खोर ?

कञ्चनपुर: कोरोना भाइरस कोडिभ–१९ सक्रमण रोकथामका लागि नेपाल भारतमा लकडाउन गरिएको छ । नाकाबन्दीसंगै दुवै देशमा लकडाउन भएको साताभन्दा बढि समय भईसक्यो । भारतमा २१ दिने र नेपालमा १६ दिने लकडाउन घोषणाकै समयमा पश्चिम नेपालको नाकाबाट धमाधम नेपाली नागरिक भित्रिरहेका छन् ।

भारतका विभिन्न स्थानमा रोजगारीमा रहेका नेपाली नागरिक कञ्चनपुरको भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा ब्रम्हदेब र महाकाली नगरपालिकाको चाँदनी, कञ्चनभोज क्षेत्रका खुला नाका भएर नेपाल प्रवेस गरिरहेका छन् । दोस्रो पटक लकडाउनको समय थपिएपछि स्थानीय प्रशासनले समेत सीमा क्षेत्रमा कडाई गरेको छ । सशस्त्र प्रहरीले नेपाल प्रवेस गरेका नागरिकलाई सीमा क्षेत्रमै रोकेको थियो ।

अघिल्लो पटकको लकडाउनमा सशस्त्र प्रहरीले भारती प्रहरीले रोकेका सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्दार गरेको थियो, भने अहिले लकडाउन प्रभावकारी बनाउन गृह मन्त्रालयको निर्देशन भन्दै सशस्त्र प्रहरीले सीमा क्षेत्र पुरै सिल गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीर बहादुर शाहुले माथिको निर्देशन अनुरुप सीमा क्षेत्रमा आउजावमा कडाई गरिएको बताए । उनका अनुसार कञ्चनपुरको सीमा क्षेत्र भीमदत्त नगरपालिका ९ ब्रम्हदेबमा १८ र महाकाली नगरपालिका १ चाँदनीमा ५० जनालाई रोकिएको छ । ‘दुवै स्थानमा रोकेर राखेका छौँ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘हामीले माथिबाट जे निर्देशन आउँछ, त्यसको पालना गरेका हौँ ।’ सशस्त्र प्रहरीले लकडाउन प्रभावकारी बनाउनका लागि भीमदत्त र महाकाली नगरपालिका जोड्ने महाकाली नदीमा निर्माणाधिन दोधाराचाँदनी झोलुङ्गे पुलमा समेत मंगलबारदेखि तालाबन्दी गरेको छ ।

लकडाउन पालना गर्नका लागि तालाबन्दी गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नेपालमा मंगलबारदेखि कडाई गरिएको छ, भने भारतमा सोमबारदेखि नै कडाई गरिएको छ । भारतीय प्रहरीले सोमबारदेखि बनबासा क्षेत्रमा ४८ जना नेपालीलाई रोकिदिएको छ । भने मंगलबार बनबासा क्षेत्रमा थप ६६ र टनकपुरमा १७ गरि दोस्रो दिन पनि करिब सयकै हाराहारीमा नेपालीलाई रोकिदिएको हो । यता मंगलबार नेपाल तर्फ शसस्त्र प्रहरीले ६८ जनालाई सीमा क्षेत्र नेपाल तर्फ नै रोकिदिएको छ ।

याे पनि पढ्नुस  कोरोना परिक्षण नहुँदै क्वारेन्टाइनमा मृत्यु

अहिले नेपाल भारत कञ्चनपुरको वारीपारी सीमा क्षेत्रमा दुई सयको नेपाली अलपत्र परेका छन् । नेपाल भारत आवजाउको मुख्य नाका बनबासा–गड्डाचौकी भएर नेपाल प्रवेस गर्ने नेपाली नागरिकलाई भने भारतीय प्रहरीले उतै रोकिदिएको छ । भारतीय प्रहरीले विभिन्न बनबासा र टकनपुर क्षेत्रमा करिब सय जना नेपालीलाई रोकिदिएको छ । भारतीय प्रहरीले टनकपुरमा १७ र ११४ जना बनबासा क्षेत्रमा रोकिदिएको छ ।

भारतीय प्रहरीले पनि लकडाउन कडाई भन्दै विभिन्न स्थानबाट फर्किएका नेपालीलाई तीनदिनदेखि रोकिदिएको छ । हिमाञ्चलबाट मजदुरी गरि घर फर्किएका घोडाघोडी नगरपालिका १ सुर्यया कैलालीका कल्बिरेक क्षेत्रीले चारदिनदेखि भोकभोकै नेपाल फर्किन लागेको बताए । ‘दशैँ तिहार सकेर दुई पैशा कमाउन सिजनल रोजगारीका लागि हिमाञ्चल गएको थिए, ‘उनले भने, ‘भारतमा समेत कोरनाले काम बन्द भयो, त्यहाँ एक सातामात्रै बस्न सकियो, बढि बस्दा झन कटिन हुन थालेपछि पैदलै स्वदेश फर्किन लागेका हौँ ।’ क्षेत्री लगायतका १७ जनालाई भारतीय प्रहरीले टनकपुरमै रोकिदिएको थियो । त्यसमध्ये मंगलबार ५ जना गायब भएका छन् ।

चार दिनको पैदल यात्रामा मंगलबार बिहान ११ बजे टनकपुर पुगेका उनीहरुलाई भारतीय प्रहरीले नेपाल प्रवेस गर्न दिएन् । ‘हामी लामो सकसका विच आफ्नै देश फर्किन लागेका थियौँ, ‘देश पुग्न करिब २ किलोमिटर मात्रै दुरी थियो, तर भारतीय प्रहरीले आउन दिएन् ।’ स्वाथ्य परीक्षण गरेपछि कसैमा केही समस्या नदेखिएकाले भारतीय प्रहरीले जहाँबाट आएको हौँ, उतै जान दवाव दिईरहेको उनले दुखेसो पोखे ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमा जाँदाजाँदै मृत्यु, थ्रोट स्वाब परीक्षणका लागि अस्पताल पठाइयो

भारतीय प्रहरीले एक छाक खाना दिएको बताउदै उनले जसरी भइपनि नेपाल फर्किने व्यवस्थाको माग अघि सारे । टनकपुर नाका भएर ब्रम्हदेब (नेपाल) प्रवेस गरेका घोडाघोडी नगरपालिका ५ सुख्खडका दान ब. भाटले चम्फावतदेखि ७२ घण्टा लगाएर नेपाल पुगेपनि घर जान नपाएको दुखेसो पोखे । ‘हामी मंगलबार बिहान ८ बजे टनकपुर नाका भएर ब्रम्हदेब पुगेका थियौँ, ‘उनले भने, ‘प्रहरीले यहाँ पुग्दा रोकिदियो ।’ महेन्द्रनगरदेखि ९१ किलोमिटर दुरीमा रहेको चम्पावत सवारी साधनमा गए ३ घण्टामा पुगिने भएपनि उनीहरु ७२ घण्टा हिडेरै आएका हुन् ।

भारतीय प्रहरीले कुटाई राख्दै सकसका विच नेपाल प्रवेस गरेका उनीसंगैका १८ जनाले स्वाथ्य चेकजाँच गराएर घरपुग्ने माहोल बनाईदिन माग गरिरहेका छन् । भारतको नैनितालमा मजदुरी गर्दै आएका आलिताल गाउँपालिका ८ डडेल्धुराका महाबीर बोहरा सहितका विभिन्न स्थानबाट रोजगारी घर स्वदेश फर्किएका ८३ जनालाई भारतीय प्रहरीले सोमबार राती ७ बजेदेखि बनबासामा रोकिदिएको छ । उनीहरु नेपाल पुग्न करिब १ किलोमिटर दुरी बाँकी रहदा भारतीय प्रहरीले बनबासाको एक सरकारी विद्यालयमा राखिदिएको छ ।

महेन्द्रनगरदेखि नैनिताला १ सय ३९ किलोमिटर दुरीमा रहेको छ । सवारी साधन मार्फत ४ घण्टामा पुगिने भएपनि ३२घण्टा लगाएर बनबासा पुगेका थिए । ‘चैत्र १८ देखि नेपाल खुल्ने हल्ला थियो, ‘उनले, ‘त्यही आधारमा हामी भारतबाट प्रहरीको कुटाई खेप्दै नेपाल पुग्दै लाग्दा सीमामा रहेको भारतीय प्रहरीले राकिदियो ।’ बोहरासंगै हलद्वानीबाट आएका गोदाबरी नगरपालिका ११ कैलालीका रिदम अग्रवाल(जिके)ले भारतमा कोरनाका कारण सबै क्षेत्र बन्दभएपछि नेपाली नागरिकको सकटमा परेपछि ज्यान जोगाउनका लागि पैदलै भएपनि नेपाल फर्किन लागेको बताए ।

याे पनि पढ्नुस  कागेश्वरी मनोहरा नगरपालिकाः पार्टी प्यालेसलाई क्वारेन्टाइन बनाउने सहमति

‘हामी मरेपनि आफ्नै जन्मभूमि देशमा मर्न चाहन्छौँ, ‘अर्काको देशमा गुजारा चलाउन बाध्यताले गएका थियौँ, घर फर्किदा पनि बाध्यता नै छ ।’ बनबासा स्थित शारदा ईन्टरकलेमा राखिएका उनीहरुलाई क्वारेन्टाईन भन्दा पनि थुनेर राखिएको जस्तै राखेको दुखेसो पोखे । कोरनाका कारण नेपाल भारत दुवै सीमा क्षेत्रमा अलपत्र परेका नेपालीले सरकारको बिरोध गरिरहेका छन् । ”

आफ्ना नागरिक सीमा क्षेत्रमा अलपत्र पर्दा समेत समस्या नबुझ्ने भन्दै सरकारको बिरोध गरिरहेका छन् । सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल र भारतीय स्थानीय सरकार, प्रशासनले भोजनको व्यवस्थापन गरिरहेको छ । कञ्चनपुर प्रमुख जिल्ला अधिकारी नुरहरि प्रशाद खतिवडाले सीमा बन्द भएको अवस्थामा भारतमा रोकिएकाहरुको हकमा केही गर्न नसकिने बताए । ‘जो जहाँ छन, त्यही बस्ने हो, ‘प्रजिअ खतिवडाले भने, ‘सीमामा आउन जान दिनका लागि सरकारले निर्णय गर्नुपर्छ ।’ भारतमा रोकिएकालाई हामीले छाड्न भन्न नमिल्ने बताउदै प्रजिअ खतिवडाले त्यसका लागि सरकारले नै पहल गर्नुपर्ने बताए ।

भारतबाट नेपाल प्रवेस गरेकाहरुको स्वाथ्य परीक्षण गरिएको बताउदै उनले कुनै समस्या देखिए अस्पताल लग्ने बताए । सीमा क्षेत्र नेपाल(कञ्चनपुर)मा रहेका खाली क्वारेन्टाईनमा राख्नुपर्ने माग अघि सारेका छन् । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई उद्दार गरेर क्वारेन्टाईमा राख्नुपर्ने माग अघि सारेका छन् ।  रेडियो सुदूर सञ्चार

कमेन्ट गर्नुहोस्