खाद्यान्न लिएर टोलटोलमा पुग्यो साल्ट ट्रेडिङको भ्यान

काठमाडौंः साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाको टोल–टोलमा सुपथ मूल्यमा अत्यावश्यक खाद्य वस्तु बिक्री सुरु गरेको छ ।

साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार ‘लकडाउन’ सुरु भएपछि भ्यानमार्फत टोलटोलमा दाल, नुन, चिनी, गेडागुडी, मैदा, आटाजस्ता खाद्यान्न बिक्री सुरु गर्न थालिएको हो ।

याे पनि पढ्नुस  १० प्रतिशत नाघ्यो खाद्य वस्तुको मूल्यवृद्धि

यस्तै साल्ट ट्रेडिङको कालीमाटी, सतुंगल, टेकु, बनेपा, भक्तपुरलगायतका अउटलेट पनि लकडाउनको बेलामा पनि सञ्चालन गरिएको छ ।

प्रचलित बजार मूल्य भन्दा साल्ट ट्रेडिङको सामान १० प्रतिशत सस्तो रहेको राजभण्डारीले बताए । मोबाइल भ्यानमा चामल, नुन, दाल, गेडागुडीसहितको प्याक बनाई बिक्री गरिएको छ । साल्ट ट्रेडिङले नुन प्रतिकिलो २० र चिनी ७३ रुपैयाँ बिक्री गरेको छ । यस्तै दाल, गेडागुडी भने स्वादअनुसार मूल्य फरक छ ।

याे पनि पढ्नुस  १० प्रतिशत नाघ्यो खाद्य वस्तुको मूल्यवृद्धि

प्याकिङ गर्ने कर्मचारी अभावमा मोबाइलमा भ्यानमा खुद्रामा चामल बिक्री गर्न भने नसकेको कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले बताए । आउटलेटसम्म पुग्ने ग्राहकले भने एसटीस ग्याससमेत खरिद गर्ने सक्नेछन् ।

कमेन्ट गर्नुहोस्