निगमको जहाज आज अष्ट्रेलिया उड्दै

काठमाडौंः नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज अष्ट्रेलिया उड्दै छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ ।

निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो ।

याे पनि पढ्नुस  अष्ट्रेलिया विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

वाइडबडी जहाजले अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए । उनले छ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको यस अद्वितीय उडान फेरी क्वालालम्पुर हुँदै बिहीबार राति नेपालमा अवतरण गर्ने तालीका रहेको जानकारी दिए ।

याे पनि पढ्नुस  तिब्र गतिका बलर पिटर सिडलद्वारा सन्यासको घोषणा

वाइडबडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ । चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइडबडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

याे पनि पढ्नुस  अष्ट्रेलियाका क्रिकेटरलाई बाँदरले आक्रमण गरेपछि...

यसअघि निगमको वाइडबडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौं ल्याएको थियो । हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए-३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्