भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५, एकैदिन १० जनाको ज्यान गयो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । भारतमा आज (बुधबार) मात्रै १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।

भारतमा हालसम्म कोरोनाबाट १५ सय ९० जना संक्रमित भएको पुष्टि भएको छ । गत सिडसेमबरमा चीनको हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाको प्रकोप यतिबेला विश्वव्यापी बनेको छ।

याे पनि पढ्नुस  के चीनको प्रयोगशालामा कोरोनाभाइरस बनाइएको हो ?

बुधबार दिउँसोसम्म संसारभर ४३ हजारभन्दा बढीको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ७२ हजारभन्दा बढी संक्रमित बनेका छन्।

कमेन्ट गर्नुहोस्