आइसोलेसनमै श्रीमतीको हत्या

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’को समयमा बेलायतमा एक जनाले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

सरकारले कसैलाई पनि घरबाहिर ननिस्कन र सामाजिक दूरी कायम गर्न आग्रह गरेका बेला ६९ वर्षीय एन्थोनी विलियम्सले आफ्नी ४४ वर्षीया श्रीमती रुथ विलियम्सको हत्या गरेका हुन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोना भाइरसको प्रकोप छैनः मन्त्री भट्टराई

उनलाई हत्या आरोपमा कार्डिफस्थित अदातलमा उपस्थित गराइएको छ । उनले शनिबार सेल्फ आइसोलेसनमा बसेकी श्रीमतीको हत्या गरेका हुन् ।

दुई जनामात्रै बसोबास गरिरहेको सो घरबाट फोन गएपछि पुगेको प्रहरीले रुथलाई बेहोस अवस्थामा फेला पारेको थियो ।

प्रहरीले उनलाई तत्कालै रोयल ग्वेन्ट अस्पताल न्युपोर्टमा लगेको थियो । तर, चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्