सीमामा रोकिएका नेपालीलाई खानबस्नको समस्या

दार्चुलाः नेपालसँग जोडिएको भारतको धार्चुलामा रोकिएका ५ सय नेपालीले ‘क्वारेन्टाइन’मा राखिए पनि खानबस्न समस्या भएको गुनासो गरेका छन् ।

बैतडी पुर्चौडी नगरपालिकाका डम्बर महराले क्वारेन्टाइनमा राखिए पनि खानबस्न समस्या भएको गुनासो गरे । यस्तै, राजकीय इन्टरकलेज जौलजिबीमा मात्रै ३५० जना नेपालीलाई राखिएको बताउँदै उत्तम बोहराले भने, ‘सुत्नका लागि कपडा र समयमा खाना पाइएको छैन् ।’

याे पनि पढ्नुस  तीस किलो यार्सागुम्बा निकासी

मानिसहरुबीचको दूरी समेत कायम नभएकोले कोरोनाको त्रासमा बाच्नुपरेको उनीहरुको दुखेसो छ । महाकाली नदीबाट रातीको समयमा स्वास्थ्य परीक्षण नगरेरै ठूलो संख्यामा मानिसहरु दार्चुला भित्रिरहेका छन् ।

देश बाहिरबाट आएका अधिकांक मानिसहरु स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा नबसी गाउँघरमा घुमिरहेकोले कोरोनाको त्रास बढ्दै गएको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा भूकम्पको धक्का

अहिलेसम्म भारतबाट हजारौँको संख्यामा मानिसहरु गाउँ भित्रिए पनि २५० जना मात्रै विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका छन् ।

यसैबीच भारतको मदकोटमा मजदुरी गर्न गएका दार्चुलाको मार्मा गाउँपालिका–२ का ४२ वर्षीय अगबरसिह ठगुन्नाको घर फर्किने क्रममा झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ ।

याे पनि पढ्नुस  डा. गोविन्द केसी दार्चुलामा अनसन बस्दै

मृतकका आफन्तले शव नेपाल ल्याउन समस्या भएकोले पहल गरिदिन सरकारसँग आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्