सीमामा अलपत्र नागरिक फर्काउन सर्वोच्चमा रिट

डडेल्धुराः लकडाउनका कारण महाकालीपारी भारतीय भूमिमा रोकिएका सयौं नेपालीलाई देश फर्काउन माग राखेर सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अधिवक्ता मनीष श्रेष्ठ, रामदत्त ओझा, मणिराम उपाध्याय, देवीकुमारी जोशी, दीपकराज जोशी र कीर्तिनाथ शर्माले रिट दायर गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय र उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको कार्यालयलाई विपक्षी बनाएका छन्।

याे पनि पढ्नुस  लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

रिटमा नेपाली जनतालाई नेपाल प्रवेशमा रोक नलगाउन परमादेश माग गरिएको छ। सरकारले उचित कदम नचाले सीमापारि रहेकाहरू जोखिमपूर्ण तरिकाले नेपाल प्रवेश गर्ने सम्भावना रहेको र त्यसले झन् भयावह स्थिति निम्त्याउने उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्