महामहिम! विकसित मुलुकका होइन ‘लकडाउन’मा अलपत्र नेपाली मजदुरको चिन्ता गरिबक्स्योस्ः सांसद झाँक्री

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘लकडाउन’का कारण अलपत्र मजदुरहरुको पक्षमा बोल्न आग्रह गरेकी छिन् ।

लकडाउनका कारण नेपाल–भारत सीमा तथा देशभित्रै विभिन्न ठाउँमा बाटोमा मजदुरहरु अलपत्र परेका बेला झाँक्रीले बुधबार ट्वीटरमार्फत राष्ट्रपति भण्डारीलाई यस्तो आग्रह गरेकी हुन् ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीबाट भाइटीका प्रदान, शितल निवासमा पत्रकारलाई निषेध

झाँक्रीले लेखेकी छिन्, ‘सिधा कुराः महामहिम! अमेरिका, क्यानडा, युरोप, अष्टेलिया, जापान, कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस। नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन्। व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने की?’

कमेन्ट गर्नुहोस्