इन्धनको मूल्य घट्यो, नयाँ भाऊ कति?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलको भाऊ घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि निगमले पनि पेट्रोलियम पदार्थको भाऊ घटाएको हो ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरिएको आयल निगमले जनाएको छ ।

याे पनि पढ्नुस  सुनसरीमा पेट्रोल छर्केर श्रीमतीको हत्या गर्ने प्रयास, २ छोरी पनि घाइते

यसअघि १०६ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री हुँदै आइरहेको थियो ।

त्यसैगरी डिजेल र मट्टीतेलको खुद्रा मूल्य पनि १०र१० रूपैयाँ घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य ८५ रूपैयाँ कायम भएको छ । यसअघि पनि २ रूपैयाँ घटाएको थियो ।

त्यसैगरी हवाइ इन्धनमा निगयमले प्रतिलिटर १५ रुपैयाँ घटाइ ७५ रुपैयाँ प्रतिलिटर कामय गरेको छ भने एलपी ग्यासको मूल्य यथावत राखेको छ ।

याे पनि पढ्नुस  डिजेल र मट्टितेलको मूल्य बढ्यो

भारतीय आयल निगमले नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण पेट्रोलियम पदार्थको खपतमा उच्च गिरावट आइरहेको छ ।

कमेन्ट गर्नुहोस्