के एसइई परीक्षाको मिति तोकिएको हो ?

काठमाडौंः माध्यमिक शिक्षा परीक्षा (एसइई) को नयाँ मिति तोकिएको भन्दै ‘भाइरल’ भइरहेको विज्ञप्तिमा कुनै सत्यता नरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै झुटो विज्ञप्ति भाइरल भएपछि नियन्त्रण कार्यालयले परीक्षाको मिति नतोकिएको जनाएको हो ।

याे पनि पढ्नुस  एसइईको तयारीमा रहेकी किशोरीले गरिन् आत्महत्या

‘परीक्षाको मिति तोकिएको छैन,’ परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षाको भ्रामक विज्ञप्ति निकाल्नेलाई कारबाही हुन्छ ।’

गत चैत ६ गतेकबाट सुरु हुने भनिएको एसइई परीक्षा कोरोना भाइरका कारण स्थगित गरिएको हो ।

कमेन्ट गर्नुहोस्