भान्जाको अन्तिम संस्कारमा जान पाएनन् सलमान

बलिउड अभिनेता सलमान खानले ‘लकडाउन’का कारण आफ्नो भान्जा अब्दुला खानको अन्तिम संस्कारमा जान नपाएको बताएका छन् ।

भारतमा २१ दिने लकडाउन जारी छ । लकडाउनको घोषणा गरिएसँगै उनी घरमै बसिरहेका छन्।

भान्जाको अन्तिम संस्कारमा जान नपाएको सल्मानले दुःख व्यक्त गरेका छन्। भान्जाको मृत्युको खबरले साह्रै दुःखी भएको उनले जनाएका छन।

याे पनि पढ्नुस  ललितपुर महानगरमा लकडाउन केही खुकुलो

भारतीय मिडियाका अनुसार सलमान अहिले पनवेलस्थित फार्महाउसमा परिवारसँगै बसिरहेका छन्। उनका भान्जा अब्दुला इन्दौरमा थिए। ३८ वर्षीय अब्दुलाको इन्दौरमै अन्तिम संस्कार गरिँदै छ।

अब्दुल्लाको निधनलाई लिएर सलमानले इन्स्टाग्राममा फोटो राखेका छन्। दुवै जना भएको फोटो राखेर ुविल अलवेज लभ यू मात्रै लेखेका छन।

याे पनि पढ्नुस  बिहे गरेकै दिन लकडाउन, दुलहा-दुलहीसहित ३६ जन्तीको २२ दिनदेखि स्कूलमैं बास

अब्दुला मुम्बईमा व्यापार गर्दै आएका थिए। उनी फिटनेसमा साह्रै ध्यान राख्ने गरेका थिए। उनको फोक्सोमा संक्रमण भएको थियो। त्यससँगै हृदयघात भएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्