कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ हजार नाघ्यो, ८ लाख ८५ हजार संक्रमित

काठमाडौंः विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ४४ हजार नाघेको छ । आज १९ सय बढीको मृत्यु भएसँगै यो संख्या ४४ हजार नाघेको हो ।

बुधबार राति साढे ८ बजेसम्मको तथ्यांक अनुसार इटालीमा १२ हजार ४ सय बढीको ज्यान गइसकेको छ ।

याे पनि पढ्नुस  स्पेन र इटलीमा मृतकको सङ्ख्या घट्दै, लकडाउन खुकुलो पारिँदै

त्यहाँ कोरोना संक्रमितको संख्या एक लाख ५ हजार नाघिसकेको छ ।

यस्तै, स्पेनमा कोरोनाबाट मर्नेको संख्या ९ हजार नाघेको छ । त्यहाँ एक लाख ५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् ।

अमेरिकामा संक्रमितको संख्या १ लाख ९० हजार आसपास पुगेको छ । त्यहाँ यो भाइरसका कारण मर्नेको संख्या ४ हजार नाघिसकेको छ ।

याे पनि पढ्नुस  महेन्द्रनगरमा कोरोना अस्पताल सञ्चालन गर्ने तयारी

त्यस्तै, चीनमा साढे ८१ हजार संक्रमित हुँदा ३३ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

जर्मनीमा संक्रमितका संख्या साढे ७५ हजार पुगिसकेको छ । फ्रान्समा ३५ सय बढीले ज्यान गुमाउँदा ५२ हजार नागरिक कोरोनाबाट संक्रमित छन ।

इरानमा मृतकको संख्या ३ हजार नाघेको छ । त्यहाँ कोरोनाबाट संक्रमितको संख्या साढे ४७ हजार पुगिसकेको छ ।

याे पनि पढ्नुस  के चीनको प्रयोगशालामा कोरोनाभाइरस बनाइएको हो ?

सम्पूर्ण देशको कोरोना अपडेटका लागि यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्