कोरोनाले मृत्यु भए १ करोड राहत दिने दिल्लीका मुख्यमन्त्रीको घोषणा

दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा पीडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ ।

बुधबार मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया दिने घोषणा गरेका हुन्।

याे पनि पढ्नुस  स्पेनमा ह्वात्तै घट्यो मृत्युदर

‘यदि कसैले कोरोनाभाइरसबाट सङ्क्रमितको सेवा गर्ने क्रममा ज्यान गुमाएमा ती व्यक्तिको परिवारलाई एक करोड दिइनेछ’ उनले भने। कोरोना भाइरसबाट सङ्क्रमितलाई सेवा गर्ने सफाई कर्मचारी, स्वास्थ्यकर्मीलगायतलाई उत्प्रेरणा र सम्मान स्वरुप सो रकम दिइने उनले बताए।

मुख्यमन्त्री केजरीवालले यस्तो राहत रकम सरकारी तथा निजी दुवै क्षेत्रबाट खटिएकाहरुलाई दिइने पनि स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्