कोरोनाबाट विश्व प्रख्यात वैज्ञानिकको निधन

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको निधन भएको छ । बीबीसीका अनुसार उनको निधन मंगलबार भएको हो ।

प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । घर फर्केपछि उनी निमोनियाको कारण क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन् । उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्षयरोग (टीबी) रोकथामका लागि पनि काम गरेकी थिइन् । जसबाट उनले विश्वभर ख्याती कमाएकी थिइन् ।

याे पनि पढ्नुस  रौतहटमा थप २२ जनामा कोरोना संक्रमण

चीनको वुहानबाट गत डिसेम्बरको अन्तिममा देखिएको कोभिड–१९ को महामारी अहिले विश्वभर फैलिएको छ ।

कमेन्ट गर्नुहोस्