कोरोनाबाट जोगिन औलोको औषधि खाँदा भारतीय चिकित्सकको मृत्यु

काठमाडौंः भारतको आसाममा कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन औंलोको औषधि सेवन गर्दा एक चिकित्सकको ज्यान गएको छ ।

गुवाहिटीको प्रतीक्षा अस्पतालका ४४ वर्षीय उत्पालजित बर्मनले औंलोको उपचारका लागि दिइने हाइड्रोक्लोरिकिन औषधि खाएपछि हृदयाघातको कारण ज्यान गएको हो । यो औषधि कोरोना भाइरसविरुद्ध लड्न केही हदसम्म उपयोगी हुने बताइँदै आएको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरस प्रभावः चीनमा फरमुला वानसँगै एक दर्जन प्रतियोगिता स्थगित

बर्मनलाई हृदयाघात भएपछि अर्को अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको ज्यान गएको हो ।

प्रतीक्षा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट निर्मलकुमार हजारिकाले कोभिड–१९ बाट बच्न यो औषधि लिने गरेको र बर्मनले पनि सोही औषधि लिएको बताए ।

भारतको मेडिकल रिसर्च परिषद्ले पनि कोरोना भाइरसको जोखिम रहेका मानिसलाई यो औषधि सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्