दिल्ली क्यापिटल्सले सम्झियो सन्दीपलाई

काठमाडौंः विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण इन्डियन प्रिमियर लिग (आइपीएल) पनि निर्धारित समयमै सुरु हुन सकेन । २९ मार्चदेखि सुरु हुने भनिएको आइपीएल कोरोनाको जोखिमका कारण १५ अप्रिलसम्म स्थगित गरिएको छ ।

१५ अप्रिलदेखि आइपीएल हुने निश्चित छैन् । कोरोनाको संक्रमण घट्नुको साँटो यसले झन उग्र रुप लिइरहेको छ । विगत तीन सिजनदेखि नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि आइपीएल खेलिरहेका छन् ।

याे पनि पढ्नुस  सीपीएलः गुयानाद्वारा सन्दीपआवद्ध बार्बाडोसलाई १८१ रनको लक्ष्य

२०१८ को सिजनदेखि आइपीएलमा जोडिएका उनी दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् । आइपीएलको मिति सारिएपछि सन्दीप पनि अहिले नेपालमै छन् । यदि कोरोना महामारी हुँदैन थ्यो भने अहिले सन्दीप भारतमा आइपीएलमा व्यस्त हुन्थे । भारतमा नहुँदा पनि उनलाई दिल्ली क्यापिटल्सले भने सम्झिरहेको छ ।

याे पनि पढ्नुस  बीबीएलः पर्थविरुद्ध रह्यो आज सन्दीपको ४ ओभर

यसैबीच आज दिल्लीले सन्दीपको बारेमा आफ्नो सामाजिक सञ्जालमा एक प्रश्नसमेत गरेको छ । प्रश्न रहेको छ– सन्दीपले कुन टिमविरुद्ध खेल्दै आइपीएल डेब्यू गरेका थिए? विकल्पमा छन्– (ए) सीएसके, (बी) आरसीबी, (सी) किंग्स इलावेन पन्जाव र (डी) राजस्थान रोयल्स ।

सन्दीपले २०१८ मा आरसीबीविरुद्ध खेल्दै आइपीएल डेब्यू गरेका थिए । उनले आफ्नो डेब्यू म्याचमा धेरैलाई प्रभावित गरेका थिए । सन्दीपले डेब्यू म्याचमा आरसीबीका ओपनर ब्याट्सम्यान पार्थिव पटेललाई एल्बीडब्लू आउट गरेका थिए ।

याे पनि पढ्नुस  सीपीएलः गेलको टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै बार्बाडोस

सुरुवातका खेलमा लगातार बेन्चमा रहेका सन्दीपले अन्तिम खेलहरुमा मौका पाएका थिए ।

कमेन्ट गर्नुहोस्