बिहीबार चट्याङ र असिनासहित वर्षा हुने, कस्तो छ तीन दिनको मौसम पूर्वानुमान ?

कठमाडौंः बिहीबार साँझ देशका केही स्थानमा चट्याङ र असिनासहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चट्याङ र असिनासहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २० गते (बिहीबार)

याे पनि पढ्नुस  यस्तो छ आगामी ३ दिनको मौसम अनुमान

दिउँसोः देशका पहाडी भू-भागमा आँशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको सम्भावना रहेको छ । बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकाको तापक्रम बर्षकै न्यून

चैत्र २१ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागमा आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ।

चैत्र २२ गते (शनिबार)

याे पनि पढ्नुस  मौसमः अझै ३ दिन हावाहुरीसहित वर्षा जारी रहने

दिउँसोः देशका पहाडी भू-भागमा अपरान्हतिर आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा असिना सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

कमेन्ट गर्नुहोस्